+
+
Shares

अमेरिकी धुनमा गुञ्जिए नेपाली कवि

दुई दशक अघि नै कविको छवि बनाएका उनले लामो अन्तरालमा कविता वाचन गरेका हुन्। अमेरिकाको न्यूयोर्कस्थित बफेलो शहरमा शनिबार साँझ आयोजित कार्यक्रममा श्रेष्ठले पाँच वटा सशक्त कविता सुनाएर संगीतमय साँझ बनाए।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १५:४०

बफेलो, अमेरिका। पत्रकार नारायण श्रेष्ठले माइक टेस्ट गर्दा दर्शक पंक्तिले ठान्यो, यिनी कार्यक्रम सञ्चालक रहेछन् । नवोदित कवि नदीश त अझै खुशी भए परिचित सञ्चारकर्मीले आफूलाई मञ्चमा आमन्त्रित गर्ने भए। तर त्यहाँ श्रेष्ठ कवि अवतारमा प्रस्तुत हुन अमेरिकी संगीत संयोजकको ईशारामा अभ्यास गर्दै थिए।

दुई दशक अघि नै कविको छवि बनाएका उनले लामो अन्तरालमा कविता वाचन गरेका हुन्। अमेरिकाको न्यूयोर्कस्थित बफेलो शहरमा शनिबार साँझ आयोजित कार्यक्रममा श्रेष्ठले पाँच वटा सशक्त कविता सुनाएर संगीतमय साँझ बनाए।

जीसिआर स्टुडियोमा नारायणसँगै नदीशले पनि आफ्ना पाँचवटा कविता वाचन गरे। नारायणले नेपालमा पत्रकारिता गर्दाताका कोरेका तात्कालिन राजनीतिक अवस्था सम्बन्धी चार कविता वाचन गरे । उनको पाँचौं कविताले कोरोना महामारीको त्रासद्धपूर्ण चित्रण उतारेको थियो।

यस्तै कवि नदीशले प्रकृति र अमेरिकन जीवन दर्शाउने कविता वाचन गरे। दुवै कविका कवितामा डा.जेन मेरिटले संगीत संयोजन गरेका हुन् । संगीतमा मेरिटसँगै एन्ड्रयू, जेसिका र प्रज्वल लामाले संगीतमा साथ दिए।

लामाले पियानो, जेसिकाले भायोलिन, एन्ड्रयूले चेलो र जेन आफैंले गितार बजाएर संगीतमय साँझ बनाए।

आयोजक कोकोमेन्दो अन्सेम्बलका लामिन तामागंले संगीत र कविता एकसाथ प्रस्तुत हुने यस्तो कार्यक्रम विरलै हुने हुनाले आफुले यसमो चासो लिएको बताए।

उनले दुई वर्षदेखिको यो सपना आज पुरा भएको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?