+
+
Shares

सगर ग्यासका मिति गुज्रिएका ३ हजार बढी सिलिन्डर नष्ट

सगर ग्यासका मिति गुज्रिएका ३ हजार बढी सिलिन्डर नष्ट एक्सर्प्ट : मिति गुज्रिएका र हाइड्रोलिक टेस्ट फेल भएका ३ हजार ३० थान सिलिन्डर आइतबार नष्ट गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १९:१०

८ भदौ, काठमाडौं । काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–४ थापापाउँमा रहेको सगरमाथा ग्यास उद्योग प्रालिले उत्पादन गरिरहेको ‘सगर’ ब्रान्ड ३ हजारभन्दा बढी सिलिन्डर नष्ट गरिएको छ ।

मिति गुज्रिएका र हाइड्रोलिक टेस्ट फेल भएका ३ हजार ३० थान सिलिन्डर आइतबार नष्ट गरिएको हो । नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग, स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी सहित रोहबरमा आइतबार ती सिलिन्डर नष्ट गरिएको हो ।

उद्योग सञ्चालक सावरमल अग्रवालका अनुसार बजारमा राम्रो र दुरुस्त एलपी ग्यास सिलिन्डर उपलब्ध गराउने उद्देश्यले नष्ट गरिएको हो ।

‘आयल निगमको निर्देशन र गुणस्तर तथा नापतौल विभागको मापदण्ड पालना गर्दै हाइड्रोलिक परीक्षणमा फेल सिलिन्डर नष्ट गरेका छौ,’ अग्रवालले भने, ‘पुरानो सिलिन्डर नष्ट गर्नुको उद्देश्य ग्राहकलाई गुणस्तरीय सिलिन्डर उपलब्ध गराउनु हो ।’

दैनिक ७ हजार ५ सय सिलिन्डर भर्दै (रिफिल) आइरहेको सगरमाथा ग्यास उद्योगको बजारमा साढे ४ लाख सिलिन्डर रहेको जनाएको छ । बजारमा रहेका ती सिलिन्डर रिफिलिङको क्रममा परीक्षण गरिने उनले बताए ।

‘हामीले हरेक पटक परिक्षण गर्छौं, परीक्षण क्रममा केही समस्या देखिए छुट्टै राख्छौं र नष्ट गर्छौं,’ अग्रवालले भने, ‘वार्षिक करिब ३ देखि ५ सय सिलिन्डर नष्ट गर्छौं । यसपटक बाढीका कारण धेरै सिलिन्डर बिग्रेर धेरै नष्ट गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?