+
+
Shares

प्राविधिक जनशक्ति थपेर भए पनि बजेट कार्यान्वयन गरौं : पर्यटनमन्त्री पाण्डे

मन्त्री पाण्डेले मन्त्रालयले मिहिनेतपूर्वक तयार पारेका योजनालाई व्यवहारमा उतार्न तीनै तहबीच मजबुत समन्वय आवश्यक रहेको मन्त्री पाण्डेले प्रष्ट पारे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १९:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्राविधिक जनशक्ति थपेर बजेट कार्यान्वयनमा पूर्णध्यान दिन मन्त्रालय र मातहत निकायलाई निर्देशन दिएका छन्।
  • मन्त्री पाण्डेले योजना अधुरै नछाड्ने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै असन्तुलन देखिँदा योजना सुरुमै छाड्न सक्नुपर्ने बताए।
  • बैठकमा मन्त्रालयको बजेट, खर्च स्थिति, योजना प्रगति, गुनासो, नीति तथा कार्यक्रम कार्यान्वयन अवस्था र समस्या सम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको थियो।

८ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्राविधिक जनशक्ति थप गरेरै भए पनि चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा पूर्णध्यान दिन मन्त्रालय र मातहत निकायलाई निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति र आव २०८१/८२ को प्रगति समीक्षा बैठकमा मन्त्री पाण्डेले योजना अधुरै नछाड्ने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

‘प्राविधिक जनशक्ति थपेरै भए पनि बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ । भौतिक र वित्तीय प्रगतिमा असन्तुलन देखिँदा योजनाको यथार्थ विवरण आउन सकिरहेको छैन, त्यसैले कार्यान्वयन गर्न नसकिने योजना सुरुमै छाड्न सक्नुपर्छ,’ उनले भने ।

मन्त्री पाण्डेले मन्त्रालयले मिहिनेतपूर्वक तयार पारेका योजनालाई व्यवहारमा उतार्न तीनै तहबीच मजबुत समन्वय आवश्यक रहेको प्रष्ट पारे ।

उनले मातहत महाशाखालाई सेवाग्राहीका फाइल अल्झन नदिने र सक्रिय भएर काम गर्न निर्देशन दिए । प्रभावकारी काम नगर्ने कर्मचारीले मार्ग प्रशस्त गर्नुपर्ने समेत उनले बताए ।

समीक्षा क्रममा मन्त्री पाण्डेले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र नेपाल माउन्टेन एकेडेमीको कामको स्वरूप भिन्न भएकाले ती संस्थालाई मर्ज गर्ने सम्भावना नरहेको पनि बताए ।

बैठकमा मन्त्रालय तथा सम्बन्धित निकायको बजेट र खर्च स्थिति, १६औं योजना एवं वार्षिक कार्यसम्पादन सूचक, राष्ट्रिय गौरवका आयोजना, अन्य योजना प्रगति, गुनासो तथा बेरुजु, नीति तथा कार्यक्रम र बजेट वक्तव्य कार्यान्वयन अवस्था, प्रमुख उपलब्धि र विद्यमान समस्या सम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगका सचिव तथा सदस्य सहित उच्च पदाधिकारीहरूको उपस्थिति थियो । मन्त्रालयका सचिव हरि मैनालीले मातहत निकायका प्रमुखसँग कार्यसम्पादन सम्झौता गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?