
News Summary
Generated by OK AI. Editorially reviewed.- कवाड व्यवसायीहरूले काठमाडौं महानगरपालिकाविरुद्ध भृकुटीमण्डपदेखि कमलादीसम्म प्रदर्शन जारी राखेका छन्।
- महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधमा व्यवसायीहरूले आन्दोलन गरिरहेका छन्।
- व्यवसायीहरूले मेयर बालेन साहका कारण रोजीरोटी खोसिएको आरोप लगाएका छन्।
१० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध कवाड व्यवसायीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् ।
कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा उनीहरूले आज पनि भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका हुन् ।
यसअघि सोमबार पनि उनीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका थिए ।
महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधमा कवाड संकलक र व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।
महानगरले आफ्नो क्षेत्रभित्र कवाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाएको भन्दै पछिल्लो समय उनीहरू आन्दोलित छन् ।
महानगरका मेयर बालेन साहका कारण आफूहरूको रोजीरोटी खोसिएको उनीहरूको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4