
काठमाडौं । मुक्तिनाथ विकास बैंकको काठमाडौं महानगरपालिका वडा – ४ धुम्बाराहीस्थित शाखा कार्यालयको समुद्घाटन गरिएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले कार्यालयको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै कार्यकारी निर्देशक पौडेलले बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ सेवाको विस्तारको प्रशंसा गर्दै जोखिम व्यवस्थापनमा पनि त्यत्तिकै चनाखो हुन सुझाव दिएका थिए ।
साथै, बैंकले हाल गरिरहेकै प्रगतिलाई निरन्तरता दिँदै यो शाखाबाट पनि उत्कृष्ट सेवा प्रदान गर्न उनले शुभकामना दिएका थिए ।
कार्यक्रममा बैंकका सञ्चालक उमेश आचार्यले स्वागत, प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको अवस्था र आगामी योजना तथा निवर्तमान अध्यक्ष तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रको सबलीकरणका लागि बैंक तथा नियमक निकायले अख्तियार गर्नुपर्ने रणनीतिबारे मन्तव्य राखेका थिए ।
नयाँ र आधुनिक भवनबाट पूर्ण वित्तीय सेवा प्रदान गर्न पाउँदा सेवाग्राहीले उत्कृष्ट ग्राहक सेवाको महसुस गर्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया 4