News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा तेस्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।
- प्रतियोगितामा जुनियर र क्याडेट पुरुष/महिलातर्फ ४ सिंगल्स स्पर्धामा १ सय ३५ खेलाडी सहभागी छन् भने प्रतियोगिता शुक्रबारसम्म जारी रहने छ।
- प्रतियोगिताको उद्घाटन अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष गोबर्धन श्रेष्ठ र शशि–कल्यण कल्याण कोषका अध्यक्ष कल्याण पाण्डेले संयुक्त रुपमा गरेका छन्।
११ भदौ, काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा तेस्रो कल्याण पाण्डे राष्ट्रिय जुनियर तथा क्याडेट टेबलटेनिस प्रतियोगिता बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
प्रतियोगिताअन्तर्गत जुनियर र क्याडेट पुरुष/महिलातर्फ ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजक संघका महासचिव कुवेरप्रकाश सिंहले जनाएका छन् ।
शशि–कल्यण कल्याण कोषको प्रायोजनमा भइरहेको प्रतियोगितामा १ सय ३५ खेलाडी सहभागी छन् ।
प्रतियोगिताको आयोजक संघका उपाध्यक्ष गोबर्धन श्रेष्ठ र प्रायोजक कोषका अध्यक्ष कल्याण पाण्डेले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे ।
प्रतियोगिता शुक्रबारसम्म जारी रहने छ ।
प्रतिक्रिया 4