+
+
Shares

संयुक्त राष्ट्रसंघले भन्यो- गाजामा पत्रकारहरूको हत्या विश्वलाई स्तब्ध पार्ने घटना 

'तुरुन्त कारबाहीको आवश्यकता'

‘सन् २०२३ अक्टोबर ७ देखि गाजामा कम्तीमा दुई सय ४७ प्यालेस्टिनी पत्रकारले ज्यान गुमाइसकेका छन् । यी पत्रकारहरू विश्वका आँखा र कान हुन्, उनीहरू सुरक्षित हुनुपर्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते २२:१८
सोमबार इजरायली आक्रमणमा मारिएका पत्रकारहरू

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले गाजा पट्टीमा पत्रकारहरूको हत्या विश्वलाई स्तब्ध पार्ने घटना भएको बताएको छ।
  • ओएचसिएचआरका प्रवक्ता थमिन अल–खितानले नासेर अस्पतालमा दुई पटक हवाई आक्रमणमा पाँच पत्रकार मारिएका बताए।
  • अल–खितानले पत्रकारहरूलाई लक्षित गर्नु अन्तर्राष्ट्रिय मान्यताअनुसार निषेधित भएको र अहिलेसम्म कुनै ठोस न्याय नभएको उल्लेख बताए।

११ भदौ, जेनेभा । मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (ओएचसिएचआर) ले गाजा पट्टीमा पत्रकारहरूको हत्या विश्वलाई स्तब्ध पार्ने घटना भएको र यसले जवाफदेहिता तथा न्यायको माग गर्दै तुरुन्त कारबाही गर्न प्रेरित गर्नुपर्नेमा जोड दिएको छ ।

ओएचसिएचआरका प्रवक्ता थमिन अल–खितानले इजरायली कब्जा बलले खान युनुसस्थित नासेर अस्पतालमा छोटो अवधिमा दुई पटक हवाई आक्रमण गरेको बताए ।

सोमबार नासेर अस्पतालमा भएको हवाई आक्रमणमा पत्रकारहरूको हत्यासम्बन्धी प्रश्नको उत्तर दिंदै उनले भने, ‘हामीलाई थाहा छ कि पाँच पत्रकारमध्ये एक जना पहिलो आक्रमणमा मारिएका देखिन्छन् भने महिला पत्रकारसहित अन्य तीन जना दोस्रो आक्रमणमा मारिएका छन् । यो अत्यन्तै धक्का दिने र अस्वीकार्य घटना हो ।’

उनले भने, ‘सन् २०२३ अक्टोबर ७ देखि गाजामा कम्तीमा दुई सय ४७ प्यालेस्टिनी पत्रकारले ज्यान गुमाइसकेका छन् । यी पत्रकारहरू विश्वका आँखा र कान हुन्, उनीहरू सुरक्षित हुनुपर्छ ।’

अल–खितानले अस्पतालहरूलाई लक्षित गरेजस्तै पत्रकारहरूलाई लक्षित गर्नु अन्तर्राष्ट्रिय मान्यताअनुसार निषेधित भएको प्रष्ट पारे ।

साथै उनले इजरायली कब्जा अधिकारीहरूले यी घटनाहरूको अनुसन्धान गर्ने घोषणा गरे पनि ‘ती अनुसन्धानहरूले परिणाम दिनैपर्छ, न्याय हुनुपर्छ’ भन्दै अहिलेसम्म कुनै ठोस परिणाम वा जवाफदेहिताका उपाय नदेखिएको बताए ।

ओएचसिएचआरका प्रवक्ताले अझैसम्म विश्वले यी हत्याबारे कुनै ठोस नतिजा वा जवाफदेहिताका कदमहरू नदेखेको र अनुसन्धानका प्रतिवेदनहरू सार्वजनिक नभएको तथ्य पनि उजागर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?