+
नेपाल 'ए' क्रिकेट :

आसामसँगको पहिलो खेलमा वर्षा बाधक बनेपछि डीएल पद्धतिअनुसार नेपाल ‘ए’ पराजित

२०८२ भदौ  १२ गते १५:५१ २०८२ भदौ १२ गते १५:५१
आसामसँगको पहिलो खेलमा वर्षा बाधक बनेपछि डीएल पद्धतिअनुसार नेपाल ‘ए’ पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको गुवाहाटीमा सुरु भएको नेपाल 'ए' र आसामबीचको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल 'ए' पराजित भएको छ।
  • आसामले दिएको १९१ रनको लक्ष्य पछ्याएको नेपाल 'ए' ले ८ ओभरमा ३ विकेट गुमाएर ६४ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो।
  • नेपालका आकाश चन्दले ३ विकेट लिए भने विवेक यादव र कमलसिंह ऐरीले २-२ विकेट लिए, आदिल आलमले १ विकेट लिए।

१२ भदौ, काठमाडौं । भारतको गुवाहाटीमा आजदेखि सुरु भएको नेपाल ‘ए’ र आसामबीचको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ पराजित भएको छ ।

आसामले दिएको १९१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ८ ओभरमा ३ विकेट गुमाएर ६४ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल त्यसपछि सुरु हुन सकेन ।

खेल सुरु हुन नसकेपछि डीएल पद्धतिअनुसार नेपाल १५ रनले पछाडि परेको हो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आसामले २० ओभरमा ८ विकेट गुमाएर १९० रन बनाउँदै नेपाललाई १९१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

आसामका लागि कप्तान सुमित घदिअन्करले सर्वाधिक ३४ रन बनाएका थिए । त्यस्तै रोहित सेनले २४ रन बनाए । अन्त्यतिर विस्फोटक ब्याटिङ गर्दै आकाश सेनगुप्ता ८ बलमा २४ तथा अभिनव चौधरी ७ बलमा २६ रनमा अविजित रहे ।

आसामले राम्रो सुरुवात गरेपछि बीचका ओभरमा नेपालका बलरले किफायती बलिङ गरेपछि दबाबमा आएको थियो । तर अन्तिमका २ ओभरमा सेनगुप्ता र चौधरी मिलेर ५० रनको साझेदारी गर्दै बलियो योगफलमा पुर्‍याए ।

नेपालका लागि आकाश चन्दले ३ विकेट लिए भने विवेक यादव र कमलसिंह ऐरीले २-२ विकेट लिँदा आदिल आलमले १ विकेट लिए ।

नेपाल ए क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय