+
+
Shares

रकम असुलीको भिडिओ सार्वजनिक भएपछि २ सशस्त्र प्रहरीको जिम्मेवारी खोसेर छानबिन

छानबिनमा तानिनेहरूमा सर्लाहीको सखुवा बोर्डर आउट पोस्ट (बीओपी) का सई लेखराज बिष्ट र हवल्दार सुमन चौधरी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १४:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरीका दुई जना कर्मचारीले भारतीय तस्करलाई लाइन मिलाइदिएर २२ रुपैयाँ रकम लिँदै गरेको भिडिओ सार्वजनिक भएपछि छानबिन सुरु गरिएको छ।
  • सर्लाहीको सखुवा बोर्डर आउट पोस्टका सई लेखराज बिष्टलाई छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासमा राखेर जिम्मेवारी खोसिएको छ।
  • हवल्दार सुमन चौधरीलाई नं. १० गण सर्लाहीमा राखेर छानबिन अघि बढाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

१२ भदौ, काठमाडौं । रकम असुली गरेको भिडिओ सार्वजनिक भएपछि दुई सशस्त्र प्रहरीको जिम्मेवारी खोस्दै छानबिन सुरु गरिएको छ ।

छानबिनमा तानिनेहरूमा सर्लाहीको सखुवा बोर्डर आउट पोस्ट (बीओपी) का सई लेखराज बिष्ट र हवल्दार सुमन चौधरी छन् ।

सई विष्टको जिम्मेवारी खोस्दै छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासमा राखेर छानबिन सुरु गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

त्यसैगरी हवल्दार बिष्टलाई भने नं. १० गण सर्लाहीमा राखेर छानबिन अघि बढाइएको छ ।

उनीहरुले भारतीय तस्करलाई लाइन मिलाइदिए वापत २२ रुपैयाँ बुझेको भिडिओमा देखिन्छ । उक्त भिडिओ ८ भदौको राति रहेको बताइएको छ ।

तस्करीका लागि लाइन मिलाइदिए वापत रकम लिँदै गरेको भिडिओ बुधबार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?