News Summary
Generated by OK AI. Editorially reviewed.- एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा एपीएफ क्लबले लगातार दोस्रो हार बेहोरेको छ।
- एपीएफले थाइल्याण्डको कलेज अफ एसियन स्कोलारसँग ४-० गोलअन्तरले पराजित भएको छ।
- एपीएफको समूहविजेता बन्ने सम्भावना समाप्त भइसकेको छ भने कलेज अफ एसियन स्कोलार्सले समूहविजेता बन्ने सम्भावना बलियो बनाएको छ।
१२ भदौ, काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा एपीएफ क्लबले लगातार दोस्रो हार बेहोरेको छ ।
बिहीबार साँझ भएको आफ्नो दोस्रो खेलमा एपीएफ थाइल्याण्डको कलेज अफ एसियन स्कोलारसँग ४-० गोलअन्तरले पराजित भएको हो ।
उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा भएको खेलको पहिलो हाफमा २ गोल गरेको कलेज अफ एसियन स्कोलार्सले दोस्रो हाफमा थप २ गोल गर्यो ।
एपीएफ पहिलो खेलमा उज्बेकिस्तानको नासाफ पीएफसीसँग ३-० गोलअन्तरले पराजित भएको थियो । आजको हारपछि एपीएफको समूहविजेता बन्ने सम्भावना सकिएको छ ।
लगातार दोस्रो जित निकालेको कलेज अफ एसियन स्कोलार्सले भने समूहविजेता बन्ने सम्भावना बलियो बनाएको छ । उसले पहिलो खेलमा साउदी अरेबियाको अल नासरलाई २-० ले पराजित गरेको थियो ।
प्रारम्भिक चरणमा रहेका ५ समूहबाट शीर्ष हुने टोलीहरू तथा ५ मध्ये एक उत्कृष्ट उपविजेताले अघिल्लो चरणमा स्थान बनाउने छ ।
एपीएफ अब उत्कृष्ट उपविजेता बन्ने सम्भावना पनि छैन । अन्य समूहका दोस्रो स्थानमा रहने टोलीहरू पनि पहिले नै ६ अंकमा पुगिसकेका छन् ।
प्रतिक्रिया 4