+

एसिया कप क्रिकेटका लागि श्रीलंकाको टोली घोषणा

२०८२ भदौ  १२ गते २०:५४ २०८२ भदौ १२ गते २०:५४
एसिया कप क्रिकेटका लागि श्रीलंकाको टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेप्टेम्बरमा हुने एसिया कप टी-२० का लागि चरिथ असलंकाको कप्तानीमा श्रीलंकाको १६ सदस्यीय टोली घोषणा गरिएको छ।
  • वानिन्दु हसरंगा चोटबाट फर्किएर टोलीमा समावेश भएका छन् र चार खेलाडीहरूलाई प्रतिस्थापन गरिएको छ।
  • एसिया कप सेप्टेम्बर ९ देखि २९ सम्म यूएईमा हुँदैछ र यूएईको टोली घोषणा हुन बाँकी छ।

१२ भदौ, काठमाडौं । सेप्टेम्बरमा हुने एसिया कप टी-२० का लागि चरिथ असलंकाको कप्तानीमा श्रीलंकाको १६ सदस्यीय टोली घोषणा गरिएको छ।

चोटका कारण बंगलादेशविरुद्धको सिरिज र जिम्बाबेविरुद्धको टी–२० सिरिज गुमाएका लेग स्पिनिङ अलराउन्डर वानिन्दु हसरंगा टोलीमा फर्किएका छन् ।

श्रीलंकाले बंगलादेशविरुद्ध घरेलु सिरिज खेलेको टोलीबाट चार परिवर्तन गरिएको छ। अविश्का फर्नान्डो, दिनेश चान्डिमल, जेफ्री भान्डरसे र एशान मलिङ्गा बाहिरिएका छन्। उनीहरूको स्थानमा नुवानिदु फर्नान्डो, कमिल मिश्र, दुष्मन्था चमीरा र हसरंगा भित्रिएका हुन्।

श्रीलंका २०२३ मा एसिया कपको फाइनल खेलेको र २०२२ मा उपाधि जितेको टोली हो। यसपटक श्रीलंकाले पहिलो खेल सेप्टेम्बर १३ मा बंगलादेशविरुद्ध खेल्नेछ।

योसँगै एसिया कप खेल्ने ८ टोलीमध्ये ७ टोलीका खेलाडीहरू घोषणा भइसक्दा अब यूएईको मात्र टोली घोषणा हुन बाँकी छ ।

एसिया कप सेप्टेम्बर ९ देखि २८ सम्म यूएईमा हुँदैछ ।

श्रीलंकाको टोली : चरिथ असलंका (कप्तान), पाथुम निसांका, कुसल मेन्डिस, कुसल परेरा, नुवानिदु फर्नान्डो, कमिन्दु मेन्डिस, कमिल मिश्र, दासुन शनाका, वानिन्दु हसरंगा, दुनीथ वेलालगे, चामिका करुणारत्ने, महेेश थिक्षाना, दुष्मन्थ चमीरा, बिनुरा फर्नान्डो, नुवान थुशारा, मथीशा पथिराना।

एसिया कप क्रिकेट श्रीलंका क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय