News Summary
Generated by OK AI. Editorially reviewed.- टोटनहाम हटस्परले घरेलु मैदानमा एएफसी बर्नमाउथसँग १–० ले पराजित भएको छ।
- बर्नमाउथका ब्राजिली फरवार्ड एभानिल्सनले खेलको पाँचौं मिनेटमा निर्णायक गोल गरेका थिए।
- टोटनहाम ३ खेलमा ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ।
१५ भदौ, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा टोटनहाम हटस्परले घरेलु मैदानमै हार बेहोरेको छ। टोटनहामलाई एएफसी बर्नमाउथले १–० ले पराजित गर्यो।
बर्नमाउथको जितमा ब्राजिली फरवार्ड एभानिल्सनले खेलको पाँचौं मिनेटमा गरेको गोल निर्णायक बन्यो। खेल अवधिभर बर्नमाउथले टोटनहामलाई दबाबमा राख्दै दर्जनबढी अवसर सिर्जना गरेको थियो ।
यसअघि टोटनहामले म्यान्चेस्टर सिटीलाई उसकै मैदान एतिहादमा २–० ले हराएको थियो । यसपटक भने आफ्नै घरेलु मैदानमा पराजित भएको हो ।
यो नतिजापछि टोटनहाम ३ खेलमा ६ अंकसहित तालिकाको तेस्रो स्थानमा सीमित रहँदै शीर्षस्थानमा उक्लने मौका गुमाएको छ ।
गएराति भएका अन्य खेलमा एभर्टनले वुल्भ्सलाई ३–२ ले तथा सन्डरल्याण्डले ब्रेन्टफोर्डलाई २–१ ले पराजित गर्दा लिड्स युनाइटेड र न्युकासल गोलरहित बराबरीमा रोकिए।
प्रतिक्रिया 4