+
+
Shares

‘शिवांश’ कात्तिक २७ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १५ गते ८:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'शिवांश' कात्तिक २७ गते रिलिज हुने भएको छ।
  • फिल्मको छायांकन पोखरामा गरिएको र पोस्टप्रोडक्सन कार्य जारी छ।
  • सन्तोष कुमार आत्रेयको निर्देशनमा बनेको यो उनको डेब्यु फिल्म हो।

काठमाडौं । फिल्म ‘शिवांश’ कात्तिक २७ गते रिलिज हुने भएको छ ।

कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो । जटाधरी शिव कैलाश पवर्ततर्फ उक्लिँदै गरेको र साँढेको निधारमा त्रिशूल छ ।

पोखरामा छायांकन गरिएको फिल्मको यतिबेला पोस्टप्रोडक्सन कार्य भैरहेको छ ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने फिल्मको निर्देशक सन्तोष कुमार आत्रेय हुन् । उनको यो डेब्यु निर्देशकीय फिल्म हो । निर्मातामा अञ्जान केसी छन् ।

प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाको मुख्य भूमिका रहेको फिल्ममा विकास जोशी, विमला लिम्बु, प्रदीपकुमार चौधरी, सविर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको पनि अभिनय छ ।

चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी छन् । सिनेमाका कार्यकारी निर्माता शम्भु थापा हुन् ।

‘चलचित्र चौतारी’ले पोस्ट-प्रोडक्सनको काम गरिरहेको छ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?