
१६ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि भन्दै प्रा. डा. गोविन्द केसीले धनगढीस्थित गेटा मेडिकल कलेजमा सत्याग्रह सुरु गर्न लागेका छन् ।
मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रलगायत दबाबमुलक अभियान चलाउँदै आएका केसीले साढे १२ बजे गेटामा पत्रकार सम्मलेन गर्दै छन् ।
१ बजेदेखि सत्याग्रह सुरू गर्न लागेको केसीका सहयोगी डा. अमृत जैसीले जानकारी दिए ।
चिकित्सा शिक्षा आयोगले २१औं बैठकले गरेको निर्णयअनुसार एमबीबीएसमा १,३५९ सिट थपेर २,६३५ पुर्याएको छ । बीडीएसको सिट ६२५ बनाइएको छ । उक्त सरकारलाई निर्णय फिर्ता लिन माग गर्दै आएका केसीले फिर्ता नभएपछि सत्याग्रह गर्न लागेका हुन् ।
सरकारी कलेजमा सिट बढाउनु पर्नेमा निजीमा बढाइएको भन्दै सरकारको निर्णयको आलोचना भइरहेको छ । उक्त निर्णयको पछाडि निजी मेडिकल कलेज सञ्चालकको आर्थिक स्वार्थ जोडिएको छ । निजी मेडिकल कलेज सञ्चाकललाई पोस्न प्रधानमन्त्री स्वयं नै अग्रसर भएको विज्ञहरू बताउँछन् ।
सिट संख्या बढ्नुले नेपालको चिकित्सा शिक्षा गुणस्तर खस्किने खतरा बढेको विज्ञ बताउँछन् । चिकित्सा शिक्षाको सर्वोपरि उद्देश्य गुणस्तरीय शिक्षा हो । यदि गुणस्तरीय चिकित्सा शिक्षा नहुँदा गुणस्तरीय जनशक्ति उत्पादन हुँदैनन् ।
प्रतिक्रिया 4