+
+
Shares

लगातार बढ्यो सुन, दिनदिनै नयाँ रेकर्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १०:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनको मूल्य १६ भदौमा प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको छ जुन नयाँ रेकर्ड हो।
  • शुक्रबार सुनको मूल्य २ लाख ६ सय र आइतबार २ लाख ३ हजार ६ सय रुपैयाँ पुगेको थियो।
  • चाँदीको मूल्य पनि नयाँ रेकर्डसहित प्रतितोला २४७० रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय बजारको प्रभाव परेको छ।

१६ भदौ, काठमाडौं । प्रतितोला २ लाख नाघेपछि सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको छ ।

केही दिनयता मूल्य बढ्दै गएपछि सुनको भाउमा एकपछि अर्को रेकर्ड बन्न थालेको हो । शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय पुग्यो । यी दुवै दिन सुनको मूल्यले नयाँ उचाइ लिएको थियो ।

आज सोमबार फेरि २ हजार बढेसँगै अर्को उच्च रेकर्ड बन्यो । आज प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी आज २४७० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै नेपाली बजारमा प्रभाव परिरहेको महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?