
१६ भदौ, काठमाडौं । संघीय निजामती विधेयक संसदीय समितिबाट पास नभएपछि राष्ट्रिय सभाबाट आजै अगाडि बढाउने विषय कार्यसूचीबाट हटेको छ ।
राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने तय भएको थियो । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले विधेयक पारित गर्ने र प्रतिवेदन सभामा पेस गर्ने भनिएपछि दिउँसो सवा ३ बजेका लागि सारिएको थियो ।
तर, विधायन समितिले विधेयक पास गर्न सकेन । विधायन समितिले विधेयक पास गर्न नसकेपछि सभाको कार्यसूची नै संशोधन हुन पुगेको हो ।
सभाको दैनिक कार्यसूचीको चौथो नम्बरमा विधायन व्यवस्थापन समितिकासभापति तुलसा कुमारी दाहालले ‘संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्ष पेस गर्ने विषय थियो । समितिले विधेयक टुंगो लगाउन नसकेपछि सभाध्यक्ष दाहालले यो विषय कार्यसूचीबाट हटेको जानकारी सभालाई गराएका थिए ।
प्रतिक्रिया 4