+
+
Shares

भारतसँगको सीमा विवाद कूटनीतिक पहलबाट समाधान गर्नुपर्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते २१:५७

१६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा समस्या समाधानका लागि सरकारले कूटनीतिक पहल लिनुपर्ने बताएका छन् ।

सोमबार साँझ सम्पन्न पार्टीको एशिया प्रदेश संगठन समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सीमा समस्या कूटनीतिक पहलबाटै समाधान गर्नुपर्छ भन्नेमा आफूहरू प्रष्ट रहेको बताए ।

उनले भने, ‘सीमा समस्या कूटनीतिक पहलबाटै समाधान गर्नुपर्छ भन्नेमा माओवादी केन्द्र स्पष्ट छ ।’

आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणका क्रममा लिपुलेक र अन्य क्षेत्रका सीमा विवादबारे कुरा उठाएको भन्दै प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल–भारतको सीमा समस्या संवादबाट समाधान गरिने भन्न लगाएको उनको भनाइ छ ।

‘अहिलेको सरकारले कूटनीतिक पहलबाट सीमा समस्या समाधान गर्न पहल लिनुपर्छ भन्नेमा माओवादी केन्द्र स्पष्ट छ,’ उनले दोहोर्‍याए ।

बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रवासी क्षेत्रमा क्रियाशील नेताकार्यकतालाई पार्टीको मूलधारमा ल्याउन विशेष प्रयास थालिएको जानकारी दिए ।

उनले भने, ‘पछिल्लो स्थायी समितिको बैठकपछि विभिन्न प्रदेशहरूको बैठक बस्ने क्रम जारी छ । अहिले प्रवासमा ठूलो संख्यामा जनशक्ति रहेका हुँदा प्रदेशहरू बढाउने र प्रवासलाई महत्व दिइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?