+
+
Shares

१७ वर्षीय कृष यादवलाई ‘ग्लोकल टिन हिरो नेपाल २०२५’ उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते ६:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाका १७ वर्षीय कृष यादवलाई यस वर्षको 'ग्लोकल टिन हिरो नेपाल २०२५' उपाधि प्रदान गरिएको छ।
  • ग्लोकल टिन हिरो पहलले शिक्षा बाहिरका क्षेत्रमा असाधारण काम गर्ने किशोर-किशोरीलाई सम्मान गर्दै आएको छ।
  • निर्णायक टोलीले कृष यादवलाई अन्तिम चरणका अन्य पाँच प्रतिस्पर्धीबाट विजेता चयन गरेको थियो।

१७ भदौ, काठमाडौं । धनुषाका १७ वर्षीय अभियन्ता तथा सामग्री निर्माता कृष यादवलाई यस वर्षको ‘ग्लोकल टिन हिरो नेपाल २०२५’ उपाधि प्रदान गरिएको छ।

यो सम्मान ललितपुरको द प्लाजामा आयोजित कार्यक्रममा गोल्छा ग्रुपको शीर्षक साझेदारीमा ग्लोकल प्रा.लि.ले प्रदान गरेको हो।

ग्लोकल टिन हिरो पहलले शिक्षा बाहिरका क्षेत्रमा असाधारण काम गर्ने किशोर-किशोरीलाई सम्मान गर्दै आएको छ। यस वर्ष कृषलाई अन्तिम चरणमा रहेका अन्य पाँच प्रतिस्पर्धी — मानुषी न्यौपाने (स्याङ्जा), निश्चल ढुङ्गाना (कपिलवस्तु), अक्सफोर्ड आचार्य (जुम्ला), रेनुका सिंह (सर्लाही) र सफल पौडेल (रुपन्देही) — मध्येबाट छनोट गरिएको हो।

कृष यादव सामाजिक मुद्दामा सक्रिय कन्टेन्ट क्रिएटर हुन्। उनले टीएनसी अनस्क्रिप्टेड मार्फत बहस कार्यक्रम, वृत्तचित्र र सार्वजनिक संवाद सञ्चालन गर्दै आएका छन्। द नेपाली कमेन्टमा पनि उनी सह-रचनात्मक नेतृत्व गर्दै सामाजिक-राजनीतिक सामग्री उत्पादन गर्छन्। साथै, उनले प्रोजेक्ट विवेक र प्रोजेक्ट स्टिच जस्ता युवामुखी अभियानहरू सञ्चालन गरेका छन्।

अन्तिम प्रतिस्पर्धीहरूको उपलब्धि, सिर्जनशीलता र प्रभावका आधारमा निर्णायक टोलीले विजेता छनोट गरेको थियो। निर्णायकमा कोका-कोला नेपालकी चन्द्रिका कालिया, डब्लुडब्लुएफ नेपालका डा. घनश्याम गुरुङ, गोल्छा ग्रुपकी सीमा गोल्छा, भीओआइटीएचका सुरज वैद्य र युरोपेली सङ्घका थोमस मिलर रहेका थिए।

कार्यक्रममा कूटनीतिज्ञ, राजनीतिज्ञ, शिक्षाविद्, उद्यमी र युवा नेतासहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो। ग्लोकल टिन हिरो नेपाल २०२५ लाई गोल्छा ग्रुप, युरोपियन युनियन, भारतको दूतावास, प्लान इन्टरनेसनल लगायतका संस्थाहरूले सहयोग गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?