
१७ भदौ, काठमाडौं । केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ । आज मंगलबार पनि सुन र चाँदी दुवैको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।
आज सुन तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै छापावाल सुनको मूल्य तोलामा २ लाख ५ हजार ९०० रुपैयाँ कायम छ ।
अघिल्लो दिन सोमबार छापावाल सुन तोलामा २ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ४ सय ८५ रुपैयाँ कायम भएको छ ।
हिजो सोमबार चाँदी २ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4