
फाइल तस्वीर
१७ भदौ, काठमाडौं । भारत मुम्बईबाट आएको इन्डिगो एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि ‘ओभरसुट’ गरेको छ ।
काठमाडौं नजिक आएपछि अवतरण गर्न नसक्दा जहाज ओभरसुट गरेको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए ।
‘सुरुमा अवतरण गर्ने प्रयास गरे पनि नसकेपछि इन्डिगोको जहाज ओभरसुट गरेर फर्किएको छ,’ महाप्रबन्धक पाण्डेले अनलाइनखबरसँग भने, ‘जहाज अब नर्मल प्रोसिडियोरमा अवतरण गर्न आइरहेको छ । यो सामान्य प्रक्रिया हो ।’
विमानस्थलका अनुसार इन्डिगोको उडान नम्बर ‘६ई ११५७’ को जहाज अहिले अवतरण गर्ने तयारीमा छ । इन्डिगोको ‘ए३२०’ सिरिजको यो न्यारोबडी जहाजको दिउँसो सवा २ बजेतिर अवतरण गर्ने तालिका थियोे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4