+
+
Shares

सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्छ : राजेन्द्र महतो

पार्टीको मोरङ कमिटीले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भारतसँगको सुदूरपश्चिमको सीमाको कालापानी, लिपुलेक र लिम्पियाधुरा विवाद वार्ता एवं संवादबाट समाधान गर्न सुझाव दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते १९:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले भारतसँगको सीमा विवाद वार्ता एवं संवादबाट समाधान गर्नुपर्ने बताउनुभयो।
  • अध्यक्ष महतोले मुलुकका सबै जातजातिका भाषा, वेशभूषा, धर्म र संस्कृतिको संरक्षण आवश्यक रहेको उल्लेख गर्नुभयो।
  • उहाँले सात प्रदेशको सीमाङ्कन अवैज्ञानिक भएकाले सुधार गर्नुपर्ने र सङ्घीयतामा आदिवासी, मधेसी र थारुको पहिचान स्थापित गर्नुपर्ने जोड दिनुभयो।

१७ भदौ, मोरङ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले मित्र राष्ट्र भारतसँगको सीमा विवाद वार्ता एवं संवादबाट समाधान गर्नुपर्ने बताएका छन् ।

पार्टीको मोरङ कमिटीले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भारतसँगको सुदूरपश्चिमको सीमाको कालापानी, लिपुलेक र लिम्पियाधुरा विवाद वार्ता एवं संवादबाट समाधान गर्न सुझाव दिए ।

अध्यक्ष महतोले सरकारले मुलुकमा बसोबास गर्ने सम्पूर्ण जातजातिका भाषा, वेशभूषा, धर्म एवं संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

मुलुकका दलहरूले जनताको समृद्धिको चाहना पूरा गर्न एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । सात प्रदेशको सीमाङ्कन अवैज्ञानिक भएकाले यसमा सुधार आवश्यक रहेको धारणा अध्यक्ष महतोले राखे।

उनले सङ्घीयतामा सुधार गरी आदिवासी जनजाति, मधेसी, थारुलगायतको पहिचान स्थापित गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?