+
+
Shares

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले एनएमएका सदस्यलाई बैंकिङ सुविधामा छुट दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १८:३०

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएसन (एनएमए) बीच एक व्यावसायिक सम्झौता भएको छ ।

यस सम्झौतामार्फत बैंकले एसोसिएसनका सदस्यहरूलाई विभिन्न बैंकिङ सेवाहरूमा विशेष छुट प्रदान गर्नेछ ।

विस्तारित बैंकिङ सेवाहरू उपलब्ध गराउने उद्देश्यका साथ भएको यो सम्झौतामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. अनिलविक्रम कार्कीले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताअनुसार नेपाल मेडिकल एसोसिएसनका सदस्यहरूले बैंकका २७५ वटा शाखाहरूमार्फत विभिन्न सुविधा प्राप्त गर्न सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले जानकारी गराएअनुसार एसोसिएसनका सदस्यहरूलाई लक्षित गरी व्यावसायिक बचत खाता खोल्दा १० लाख रुपैयाँको दुर्घटना बीमा सुविधा प्रदान गरिनेछ ।

यसका साथै, व्यावसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जाका साथै डेबिटरक्रेडिट कार्ड र मोबाइल बैंकिङ सेवाहरूमा पनि विशेष छुटको व्यवस्था गरिएको छ ।

बैंकले यो सम्झौताबाट नेपाल मेडिकल एसोसिएसनका सदस्यहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?