+
+
Shares

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा पौने ७ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते ९:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको गत आर्थिक वर्षको खुद नाफा ६४ प्रतिशत बढेर ६ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।
  • बैंकको खुद ब्याज आम्दानी घटेर १४ अर्ब १२ करोड रुपैयाँ भए पनि नोक्सानी व्यवस्थापन रकम घटेसँगै नाफामा वृद्धि देखिएको हो।
  • कुल कर्जामा निष्क्रिय कर्जा ४.९१ प्रतिशतबाट बढेर ५.८५ प्रतिशत पुगेको छ र बैंकले चालु आर्थिक वर्ष लाभांश नदिने सम्भावना छ।

३० साउन, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ६४ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ६ अर्ब ७५ करोड रुपैयाँ छ ।

अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ४ अर्ब १० करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी घटे पनि नोक्सानी व्यवस्थापन रकम घटेसँगै नाफामा वृद्धि देखिएको हो । खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्ष १५ अर्ब ११ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १४ अर्ब १२ करोड रुपैयाँ छ ।

त्यस्तै इम्पेरिमेन्ट चार्ज अघिल्लो आर्थिक वर्ष ५ अर्ब ११ करोड छुट्याएकोमा गत आर्थिक वर्ष ५७ करोड छुट्याइएको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८० पैसा छ । बैंकको वितरणयोग्य नाफा ४९ करोड १३ लाख रुपैयाँ छ ।

प्रतिसेयर वितरणयोग्य नाफा १ रुपैयाँ ४४ पैसा हो । तसर्थ यो बैंकले पनि चालु आर्थिक वर्ष लगानीकर्तालाई सम्भवत लाभांश दिँदैन । कुल कर्जामा निष्क्रिय कर्जा बढेको छ ।

यस्तो कर्जा अघिल्लो आर्थिक वर्षमा ४.९१ प्रतिशत रहेकोमा अहिले ५.८५ प्रतिशत छ । प्रतिसेयर नेटवर्थ १९७ रुपैयाँ रहेको यसको अन्तिम सेयर मूल्य २१६.१५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?