+
+
Shares

किसान कोटाको जग्गा किनेपछि शाहरुखकी छोरी सुहाना विवादमा

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महाराष्ट्र सरकारले किसानलाई दिएको अलिबागको कृषि जग्गा सुहानाले कलेक्टरको अनुमति नलिई किनेको आरोप लागेको छ।
  • सुहानाले मुम्बईको खोटे परिवारबाट १२.९१ करोड भारुमा जग्गा किनेर ७७.४६ लाख रुपैयाँ स्ट्याम्प शुल्क तिरेकी थिइन्।
  • मुम्बई प्रहरीले सम्झौताको अनुसन्धानका लागि अलिबाग तहसीलदारबाट रिपोर्ट मागेको छ।

मुम्बई । बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना जग्गाको कारोबारले समस्यामा परेकी छन् ।

महाराष्ट्र सरकारले अलिबागको थाल गाउँमा किसानलाई खेती गर्न जग्गा दिएको थियो । सुहानाले सोही जग्गा किनेपछि समस्या निम्तिएको हो ।

यस्तो जग्गा किन्न कलेक्टरको स्वीकृति आवश्यक पर्दछ, तर सुहानाले जग्गा किन्नको लागि अनुमति नलिएको र कागजी प्रक्रिया पनि पुरा नगरेको आरोप छ ।

सुहानाले यो जग्गा मुम्बईको कफ परेडमा बस्ने खोटे परिवारबाट लगभग १२.९१ करोड भारुमा किनेकी थिइन् । उनले ७७.४६ लाख रुपैयाँको स्ट्याम्प शुल्क पनि तिरेकी थिइन् । यो ट्रान्सफर मे ३०, २०२३ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक मार्फत भएको थियो ।

मुम्बई प्रहरीका आवासीय अधिकारीले यस सम्झौताको अनुसन्धान गर्न अलिबाग तहसीलदारबाट रिपोर्ट मागेका छन् ।

महाराष्ट्र कृषि भूमि ऐन, १९६१ अनुसार, केवल त्यो व्यक्ति जो आफैं किसान हो (वा जसको परिवारसँग पहिले नै कृषि भूमि छ) ले कृषि भूमि खरिद गर्न सक्छ । गैर-किसानहरूले सिधै त्यस्तो भूमि खरिद गर्न सक्दैनन् ।

सरकारले किसान परिवारलाई खेतीपातीको लागि मात्र जग्गा दिएको छ भने, त्यो जग्गा सिधै बेच्न सकिँदैन । यसको लागि कलेक्टरको स्वीकृति लिनु आवश्यक छ । खरिदकर्ता र बिक्रेता दुवैले तहसीलदार कलेक्टरबाट एनओसी लिनुपर्छ ।

सुहाना चाँडै नै आफ्ना बुबा शाहरुखसँग फिल्म ‘किङ’मा देखिनेछिन् । यो उनको दोस्रो फिल्म हुनेछ । यसअघि उनले ‘द आर्चीज’बाट डेब्यू गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?