+
+
Shares

पत्रकार महासंघले भन्यो : सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व

पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते १५:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भएको प्रतिक्रिया दिएको छ।
  • महासचिव रामप्रसाद दाहालले सामाजिक सञ्जाल बन्द गर्नु भनेको सूचना पाउने हकबाट वञ्चित हुनु हो भनेका छन्।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ।

१९ भदौ, काठमाडौं। नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भएको प्रतिक्रिया दिएको छ।

पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भएको बताए ।

उनले भने, ‘नागरिकले सूचना आदान प्रदानको अत्याधिक प्रयोग गर्ने सामाजिक सञ्जाल बन्द गर्नु भनेको सूचना पाउने हकबाट वञ्चित हुनु हो। सहजीकरणको माध्याबाट जानु पर्ने हो, बन्द गर्ने सरकारको निर्णय अपरिपक्व भयो।’

महासंघले सामाजिक सञ्जालज बन्द गर्ने निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ । ‘डिजिटल नेटवर्कको सुविधा बन्द गर्न हुँदैन । सरकारकले निर्णय फिर्ता लिनुपर्छ,’ उनले भने ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?