+
+
Shares

एमालेको ठोकुवा : रास्वपा तलाउको एउटा तरंग जस्तै सेलाउँछ

रास्वपा तलाउमा उठेको तरंग जस्तै सेलाउने ठोकुवा एमालेले आफ्नो दस्तावेजमा गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नाटकीय ढंगले राजनीतिक रंगमञ्चमा उदाएको पार्टीको संज्ञा दिएको छ।
  • एमालेको राजनीतिक प्रतिवेदनमा रास्वपाको प्रश्न र समस्या भए पनि उत्तर र समाधान नभएको उल्लेख छ।
  • एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मलाई हतियार बनाएर राजनीति गरिरहेको आरोप लगाएको छ।

२० भदौ, काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नाटकरीय ढंगले राजनीतिक रङ्गमञ्चमा उदाएको पार्टीको संज्ञा दिएको छ ।

‘समाजमा असन्तुष्टि, गुनासो र बेथिति सिर्जना गर्दै त्यसबाट उत्पन्न नकारात्मकतालाई प्रयोग गर्दै केही दल र व्यक्तिहरू गत निर्वाचनबाट नाटकीय ढंगले राजनीतिक रंगमञ्चमा उदाए’ गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा रास्वपाको चर्चा गर्दै भनिएको छ ।

रास्वपा तलाउमा उठेको तरंग जस्तै सेलाउने ठोकुवा एमालेले आफ्नो दस्तावेजमा गरेको हो ।

‘विशेष गरेर नेकपाको विभाजन, जनादेशबाट सरकार चलाइरहेको एमालेलाई परमादेशबाट गरिएको विस्थापन, त्यसपछिका नीतिहिन गठबन्धन र त्यसले सिर्जना गरेका राजनीतिक विकृतिले गर्दा समाजको एउटा तप्काले विकल्पको खोजी गरिरहेको थियो,’ अगाडि भनिएको छ, ‘समाजको यही मनोविज्ञानलाई पपुलिस्टहरूले राम्रैसँग दुरुपयोग गरे ।’

एमालेले रास्वपासँग प्रश्न र समस्या भए पनि उत्तर र समाधान नभएको पार्टी भनेको छ ।

‘उनीहरुका हातमा प्रश्नहरू थिए, उत्तर थिएन । हातमा समस्याको चाङ थियो तर समाधानको कुनै विकल्प थिएन । न कुनै वैचारिक-राजनीतिक स्पष्टता । न विगतको कुनै विरासत र योगदान न कुनै सुस्पष्ट गन्तव्य । न त निश्चित वर्गआधार र लक्षित समूह,’ दस्तावेजमा भनिएको छ ।

‘राप्रपाले धर्मलाई हतियार बनाउन खोज्यो’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धर्मलाई हतियार बनाएर राजनीति गरिरहेको बताएको छ ।

‘राप्रपा र अन्य राजावादी समूहहरू राजतन्त्र फर्काउने सपना देख्छन्, कतिपयले धर्मलाई राजनीतिक हतियार बनाउन चाहन्छन्,’ दस्तावेजमा छ ।

जन्मजात श्रेष्ठताको सामन्ती विचारले र त्यस्तो विचार बोक्ने त्यसका अनुयायीहरूले आजको लोकतान्त्रिक युगमा समाजको नेतृत्व गर्ने कुरा कल्पना बाहिरको कुरा भएको एमालेले भनेको छ ।

दस्तावेजमा भनिएको छ, ‘पछिल्लो समय राजावादीका नाममा संविधान नै नमान्ने, प्रचलित कानुन र प्रशासनका आदेशहरुको अवज्ञा गर्ने, शान्तिपूर्ण प्रदर्शनका नाममा हिंसा र अराजकता मच्चाउने प्रवृत्ति बढेको छ । यो स्वीकार्य हुन सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?