+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

बुद्धिजीवीलाई पुतलीसँग दाँज्दै प्रधानमन्त्री ओलीले गोदावरीमा सुनाए कथा

प्रधानमन्त्री ओलीकै सचिवालयका अनुसार, सामाजिक सञ्जाल बन्दलाई तथाकथित बुद्धिजीवीहरुले सरकारद्वारा वाक् स्वतन्त्रता कुण्ठित गरियो भनेर भ्रम सृजना गरेकोमा उनले आश्चर्य व्यक्त गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १५:५९

२२ भदौ, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका बुद्धिजीवीहरूले सरकारले गरेको राम्रो काम पनि नदेखेको भन्दै गुनासो गरेका छन् ।

ललितपुरको गोदावरीमा जारी पार्टीको विधान महाधिवेशनको तेस्रो दिन हलमा सुरुमै सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय सरकारले गरेको लिपुलेक, लिम्पियाधुरा नेपालकै हो भनेर विश्वमञ्चमा आफ्ना कुरा राख्दा पनि बुद्धिजीवीहरूले नदेखेको भन्दै गुनासो गरे ।

सो क्रममा उनले हलमा प्रतिनिधिमाझ एउटा कथा सुनाए । जहाँ एउटा पुतली रस खाएर निदाएर मान्छे बनेको सपना देखेको, सपनामा डाक्टर, पाइलट, इन्जिनियर बनेको सपना देखेको कथा सुनाए । सोही कथामा पुतली मन्त्री बन्छु भनेर निदाएको र उठ्दा आफू पुतली नै बनेको प्रसंगमा सो कुरा सुनाएका थिए ।

प्रधानमन्त्री ओलीकै सचिवालयका अनुसार, सामाजिक सञ्जाल बन्दलाई तथाकथित बुद्धिजीवीहरुले सरकारद्वारा वाक् स्वतन्त्रता कुण्ठित गरियो भनेर भ्रम सृजना गरेकोमा उनले आश्चर्य व्यक्त गरेका थिए ।

‘मुलुकको स्वाधीनता र राष्ट्रियताका लागि सरकारले नेपालमा सामाजिक सञ्जाल दर्ता हुन भनेर एक वर्षदेखि भनिरहेको छ । कानूनको दायरामा आउन भन्दा नआएपछि सञ्चालनमा रोक लगाइएको हो । तर विरोध गर्ने केही बुद्धिजीवीहरुले वाक् स्वतन्त्रताको अर्थ बुझेका छैनन्’, ओलीले भनेका छन् ।

यस्तो थियो उनले हलमा सुनाएको कथा :

एउटा पुतली आयो । रस खाएर निदायो । उसले सपनामा मान्छे भएको सपना देख्यो । सपनामा उसले मान्छे भएको, डाक्टर भएको, इन्जिनियर भएको देख्यो । ठूलाठूला मान्छे भएको सपना देख्यो । अनि अब चाहिं मन्त्री बन्छु भनेर सुतेको, उठ्दा त पुतली नै छ । म त मान्छे भएको थिएँ होइन भन्दा आफू पुतली नै छ । अहिलेको बुद्धिजीवीहरू यही पुतलीजस्तो भए । सरकारले गरेको राम्रो काम चाहिं देख्दै नदेख्ने । लिपुलेक, लिम्पियाधुरा नेपालमा ल्याएको देख्दैन । तर, सरकारको राम्रो काम नदेखेर नराम्रा काम खोज्दै हिँडेको छ । यो पुतली र बुद्धिजीवीहरू उस्तै भए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?