+
+
Shares

४५ वर्षपछि समातिए व्यक्ति हत्याका फरार अभियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते १९:०१

२२ भदौ, काठमाडौं । व्यक्ति हत्या गरेर फरार भएका एक जनालाई ४५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ४५ वर्षपछि सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-६ घर भएका ७० वर्षीय जीवनाथ तिमिल्सिनालाई पक्राउ गरेको हो । उनलाई ताहचलबाट पक्राउ गरिएको सीआईबीका एसपी युवराज खड्काले बताए ।

उनले ७ कात्तिक २०३७ सालमा सिन्धुपाल्चोककै साविक माङ्खा गाविस ६ का जीतबहादुर तामाङले हत्या गरेका थिए । आँखामा खुर्सानीको धुलो धर्केर खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

हत्यापछि फरार भएका उनलाई अदालते २० वर्ष कैद सजाय तोकेको थियो । पक्राउ परेका उनलाई अदालतमार्फत फैसला कार्यान्वयका लागि कारागार चलान गरिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?