+
+
Shares

जेनजी प्रदर्शनमा दलका भ्रातृसंस्थालाई ‘नो इन्ट्री’

स्वत:स्फुर्त रूपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरूले दल निकटका भ्रातृसंस्थालाई प्रदर्शनमा सहभागी हुन रोक लगाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते ९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको माइतीघर मण्डलामा स्वतःस्फुर्त रूपमा भेला भएका जेनजी युवाहरूले दल निकटका भ्रातृसंस्थालाई प्रदर्शनमा आउन रोक लगाएका छन्।
  • जेनजीले \'जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ\' नारा लेखेका प्लेकार्ड बोकेका छन् र कतिपय कलेज र स्कुल पोशाकमा देखिएका छन्।
  • सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेनजीले सडकमा उतारेका छन् र विभिन्न क्षेत्रका व्यक्तिले उनीहरूलाई समर्थन गरेका छन्।

२३ भदौ, काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलित नयाँ पुस्ताका युवा (जेनजी) हरूले राजनीतिक दल निकटका भ्रातृसंस्थाहरूलाई प्रदर्शनमा आउन रोक लगाएका छन् ।

स्वत:स्फुर्त रूपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएका उनीहरूले दल निकटका भ्रातृसंस्थालाई प्रदर्शनमा सहभागी हुन रोक लगाएका हुन् ।

उनीहरूले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन् । कतिपय युवाहरू कलेज र स्कुल पोशाकमा समेत देखिएका छन् ।

पहिले सामाजिक सञ्जालका पोस्टमा मात्र सीमित सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेनजीले सडकमा उतारेका हुन् ।

जेनजीलाई विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, कलाकार, विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्ति र स्वतन्त्र युवाहरूले समर्थन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?