
२३ भदौ, काठमाडौं । नयाँ बानेश्वर क्षेत्रमा उग्र प्रदर्शन गरिरहेका जेनजीहरू संघीय संसद भवनभित्रै प्रवेश गरेर ढुंगामुढा गरेका छन् । केहीबेरअघि उनीहरू संसद् भवनभित्र पसेका थिए । अहिले प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेर उनीहरूलाई बाहिर निकालेको थियो ।
जेनजी प्रदर्शनकारीले प्रदर्शन रोकेका छैनन् । जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरिसकेको छ ।
यद्यपि प्रदर्शन भने रोकिएको छैन ।
सुरक्षा कर्मी बस्ने पोष्टमा प्रदर्शनकारीहरु पुगेर नेपालको झण्डा फहराएका थिए ।
संसद् भवनभित्रै प्रदर्शनकारी छिर्ने, गेटमा तोडफोड गर्ने जस्ता गतिविधि भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4