
२३ भदाै, विराटनगर । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारकाे विरुद्ध आन्दाेलन सुरु गरेकाे जेनजी (युवा पुस्ता)ले विराटनगरस्थित कोशी प्रदेशसभा सचिवालय अगाडि प्रदर्शन गरेका छन् ।
प्रदेशसभा सचिवालय परिसर निषेधित क्षेत्रमा पर्छ ।
प्रहरीले प्रदेशसभाको प्रवेशद्धार भन्दा केही पर ब्यारिगेट लगाएको थियो । तर,ब्यारिगेट तोडेर प्रदर्शनकारी प्रदेशसभा सचिवालय अगाडि पुगेर प्रदर्शन गरेका हुन् ।
सचिवालयको गेट अगाडि उनीहरूले प्रदर्शन गरिरहेका छन् । गेटमा प्रहरीले सुरक्षा दिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4