+
+
Shares

सिभिल अस्पतालमा ५० बढी घाइते, अश्रुग्यासले त्रासमा स्वास्थ्यकर्मी

प्रहरीले प्रदर्शनकारीमाथि प्रहार गरेको अश्रुग्यास अस्पताल हाताभित्र समेत खसेको छ ।

मनिषा थापा सुमित्रा लुईटेल मनिषा थापा, सुमित्रा लुईटेल
२०८२ भदौ २३ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिभिल अस्पतालमा रहेका अधिकांश घाइतेलाई रबरको गोली लागेको चिकित्सकले बताएका छन्।
  • प्रहरीले प्रदर्शनकारीमाथि प्रहार गर्दा अश्रुग्यास अस्पतालभित्र समेत पुगेको छ।

२३ भदौ काठमाडौं । जेनजीको प्रदर्शनका कारण काठमाडौंको नयाँबानेश्वर क्षेत्र अहिले तनावग्रस्त छ । नजिकै रहेको निजामती कर्मचारी(सिभिल) अस्पताल घाइतले भरिएको छ ।

अस्पतालमा अहिले ५० जना भन्दा बढी घाइते रहेका छन् । घाइते थपिनेक्रम जारी छ । अस्पतालले पूरा शक्ति लगाएर घाइतेको उपचार गरिरहेको छ । घाइते हुनेमध्ये अधिकांशलाई रबरको गोली लागेको चिकित्सकले बताएका छन् ।

प्रहरीले प्रदर्शनकारीमाथि प्रहार गरेको अश्रुग्यास अस्पताल हाताभित्र समेत खसेको छ । अश्रुग्यासको पिरो धुवाँ इमरर्जेन्सीभित्र समेत आइरहेको छ । घाइतेको उपचारमा कठिनाइ उत्पन्न भएको छ ।

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीहरु त्रसित अवस्थामा छन् ।

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?