
२३ भदौ, काठमाडौं । प्रहरीले सिंहदरबार अगाडिबाट पैदल हिँड्न समेत रोक लगाएको छ ।
जेनजी प्रदर्शनलाई मध्यनजर राखेर प्रहरीले सिंहदरबार अगाडिबाट पैदल हिँड्न समेत रोक लगाएको हो ।
सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेनजीले काठमाडौं लगायत देशभरिका मुख्यमुख्य शहरहरूमा प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर काठमाडौंमा ६ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ भने धेरै घाइते भएका छन् ।
प्रदर्शनका कारण देशका विभिन्न शहरहरू अशान्त बन्न पुगेको छ भने काठमाडौं र कास्कीमा कर्फ्यू आदेश जारी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4