News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा जारी एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविशले लगातार तेस्रो जित निकालेको छ।
- कर्णालीले काठमाडौं स्पाईकर्सलाई ३-० को सोझो सेटमा पराजित गरेको छ।
- कर्णालीले ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ र आना फ्लाभिया प्लेयर अफ द म्याच घोषित भएकी छिन्।
२३ भदौ, काठमाडौं । पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा कर्णाली यशविशले लगातार तेस्रो जित निकालेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा कर्णालीले काठमाडौं स्पाईकर्सलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
कर्णालीले पहिलो सेट २५-२२, दोस्रो सेट २९-२७ र तेस्रो सेट २८-२६ ले जित निकाल्यो । कर्णालीको जितमा शानदार प्रदर्शन गरेकी विदेशि खेलाडी आना फ्लाभिया प्लेयर अफ द म्याच घोषित भइन् ।
कर्णालीले यसअघि पोखरा निन्जाज र लुम्बिनी लाभाजलाई पराजित गरेको थियो । जितसँगै कर्णाली ९ अंक जोडेर शीर्ष स्थानमा छ । काठमाडौंले दोस्रो हार बेहोरेको छ ।
पहिलो खेलमा ललितपुर क्विन्ससंग पराजित भएको काठमाडौंले दोस्रो खेलमा मधेश युनाइटेडलाई हराएको थियो ।
आजको दोस्रो खेल ललितपुर क्विन्स र लुम्बिनी लाभाजबिच भैरहेको छ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया 4