+

नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल रद्द

२०८२ भदौ  २३ गते १९:५९ २०८२ भदौ २३ गते १९:५९
नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल रद्द

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र बंगलादेशबीच मंगलबारका लागि तय भएको दोस्रो मैत्रीपूर्ण फुटबल खेल रद्द गरिएको छ।
  • अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले देशको हालको अवस्थालाई मध्यनजर गर्दा खेल रद्द गरिएको बताए।
  • सोमबार काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दर्जनबढी युवाको ज्यान गएको छ।

२३ भदौ, काठमाडौं । नेपाल र बंगलादेशबीच मंगलबारका लागि तय भएको दोस्रो मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ ।

देशको वर्तमान परिस्थितिलाई मध्यनजर गरी खेल रद्द गरिएको अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले अनलाइनखबरलाई जानकारी दिए ।

‘देशको हालको अवस्थालाई मध्यनजर गर्दा अब उक्त खेल हुँदैन’ शाहले भने ।

यसअघि शनिबार भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

काठमाडौंसहित देशका विभिन्न स्थानमा सोमबार जेनजी युवाहरूले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर दर्जनबढी युवाहरूको ज्यान गएको छ ।

मैत्रीपूर्ण फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय