
२३ भदौ,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीको प्रदर्शनमा १९ जनाको ज्यान जानेगरीको घट्नाप्रति चासो राख्दै शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न अपिल गरेका छन् ।
राष्ट्रपतिको सचिवालयबाट सोमबार साँझ जारी गरेको प्रेस नोटमा उनले प्रदर्शनका क्रममा मारिकाहरूप्रति दु:ख व्यक्त गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको वर्तमान परिस्थितिको बारेमा गम्भिर चिन्ता व्यक्त गर्दै मुलुकभर आज भएको जेन्जी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिकहरूको हताहत भएको घटनाले आफू मर्माहत भएको बताउनुभएको छ। उहाँले प्रर्दशनका क्रममा निधन भएका नागरिकका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गर्नुभएको छ ! ‘
प्रतिक्रिया 4