+
+
Shares

सरकारविरूद्ध देशव्यापी प्रदर्शन चर्कियो, नेताका घर र सरकारी कार्यालयमा निशा‍ना

दर्शनकारीहरुले सबै सहरका चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले नेता निवास र सरकारी कार्यालयहरुलाई निसाना बनाइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १०:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारको दमनमा १९ जनाको ज्यान गएको घटनाको विरोधमा देशव्यापी प्रदर्शन भइरहेका छन्।
  • मंगलबार सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको घरमा आन्दोलनकारीले आगजनी गरेका छन्।
  • माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा तोडफोड र प्रहरी बिटमा आगजनी भएको छ।

२३ भदौ, काठमाडौं । सरकारको दमनमा १९ जनाको ज्यान जानेगरी भएको घटनाको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीहरुले सबै सहरका चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले नेता निवास र सरकारी कार्यालयहरुलाई निसाना बनाइरहेका  छन्  ।

मंगलबार बिहान सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुर सुनाकोठीस्थित घरमा आन्दोलनकारीले आगजनी गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा तोडफोड भएको छ । उनको निवास अघिको प्रहरी बिटमा आगजनी गरेका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिकामा आन्दोलनकारीले आगजनी गरेका छन् । सोमबार सुनसरीको इटहरी नगरपालिकामा आन्दोलनकारी आगजनी गरेका थिए ।

काठमाडौं, भक्तपुर, ललितपुर लगायतका धेरै जिल्लाहरुमा कर्फ्यू तोड्दै आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् । चोक-चोकमा टायर बालेर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?