
२४ भदौ, काठमाडौं । दोस्रो दिनको प्रदर्शनमा सत्ता पक्षकै भ्रातृ संस्थाका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् ।
सोमबार भएको प्रदर्शनमा सरकारी दमनको विरोध गर्दै नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघका नेता कार्यकर्ता सडकमा उत्रिएका हुन् ।
त्रिचन्द्र क्याम्पस घण्टारघरमा नेविसंघका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
स्ववियु अध्यक्ष गोविन्द कोइरालाको नेतृत्वमा क्याम्पस अघि नेविसंघले प्रदर्शन गरेको हो । प्रदर्शनमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4