+
+
Shares

जेनजीलाई बालेनले भने- सेनासँग वार्ता गर्न तयार रहनू

‘याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ,’ बालेनले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १५:२६

२४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले उग्र प्रदर्शनमा रहेका जेनजीहरूलाई नेपाली सेनाको प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् । ‘सेना प्रमुखसँग वार्ता गर्न पनि  तयार हुनुहोला,’ उनले भनेका छन् ।

त्यस्तै, बालेनले सेनासँग वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्ने पनि बताएका छन् । ‘याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ,’ बालेनले भनेका छन् ।

जेनजीहरूको प्रदर्शन उग्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राजीनामा दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?