+
+
Shares

संयमित रहन आन्दोलनकारीलाई डा. सन्दुक रुइतको अपिल

असहिष्णु र भ्रष्ट नेतृत्व पछि हटिसकेकाले सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु उचित नहुने सुन्दुक रुइटको भनाइ छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १६:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वरिष्ठ नेत्र चिकित्सक डा. सुन्दुक रुइतले जेनजी पुस्तालाई संयमित रहन अपिल गर्नुभएको छ।
  • उहाँले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको भन्दै सार्वजनिक सम्पत्तिमाथि आगजनी र नष्ट गर्नु उचित नहुने बताउनुभएको छ।
  • डा. रुइतले सबै मिलेर देश जोगाउन र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने अपिल गर्नुभएको छ।

२४ भदौ, काठमाडौं। वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले संयमित रहन जेनजी पुस्तालाई अपिल गरेका छन्।

असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको भन्दै उनले सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित नहुने बताएका छन्।

सामाजिक सञ्जालमा डा. रुइतले लेखेका छन्, ‘परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहनुभएका भाइबहिनीहरु, तपाईंहरुले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन।’

उनले सबै मिलेर देश जोगाउनु पर्ने तथा सबै मिलेर देश बनाउनुपर्ने अपिल गरेका छन्।

‘सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौं र गर्न नदिउँ। संयम बनौं,’ उनले लेखेका छन्, ‘सबै मिलेर देश जोगाऔं, सबै मिलेर देश बनाऔं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?