+
+
Shares

विमानस्थलको गेटमा पुगे जेनजी, ठूलो संख्यामा सेना परिचालन

विमानस्थल भने बिहानैदेखि बन्द गरिएको छ । भिडमा उत्तेजित प्रदर्शकारीहरूले विमास्थलबाट पूराना नेताहरू भाग्ने भन्दै प्रदर्शन चर्कारहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १७:४५

२४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि जेनजी प्रदर्शनकारीहरू भेला भएका छन् । अहिले उनीहरू विमानस्थलभित्रै प्रवेश गर्ने प्रयास गरिरहेका छन् ।

त्यहाँ ठूलो मात्रामा नेपाली सेनाको टोली खटाइएको छ ।

विमानस्थल भने बिहानैदेखि बन्द गरिएको छ । भिडमा उत्तेजित प्रदर्शकारीहरूले विमास्थलबाट पूराना नेताहरू भाग्ने भन्दै प्रदर्शन चर्कारहेका छन् ।

सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार १९ जनाको मृत्यु भएको थियो । त्यसपछि झनै आक्रोशित भएका जेनजी युवाहरू आज पनि प्रदर्शनमा उत्रिएका थिए ।

सरकारले लगाएको कर्फ्यू आदेशको वास्तै नगरी अघि बढेका उनीहरूले सिंहदरबारसहित देशका प्रमुख प्रशासनिक कार्यालयमा आगजनी र तोडफोड गरेका छन् ।

अहिले पनि कतिपय ठाउँमा प्रदर्शन रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?