+
+
Shares

राष्ट्रको सम्पदा जोगाउन जेनजीलाई राजेश हमालको अपिल

‘नेपालमा जेनजीले जुन कदम उठाएको छ त्यसको समर्थन हामी सबैले गरेका छौं । साथसाथै आन्दोलनमा उत्रिएका जेनजीलाई म विनम्र अनुरोध गर्दछु राष्ट्रको सम्पदा, राष्ट्रको सम्पत्ति कुनै नेताको निजी सम्पत्ति होइन। ती हाम्रा हुन्। तिनको नाश नगरौं संरक्षण गरौं,’ उनले भने।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १९:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता राजेश हमालले राष्ट्रको सम्पदा जोगाउन जेनजी पुस्तालाई संयमता अपनाउन विनम्र अनुरोध गर्नुभएको छ।
  • हमालले सोमबार प्रहरीको गोली लागेर मारिएकाहरूको सम्झनामा दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी भएर घटना नेपाली इतिहासको सबैभन्दा कालो दिन भएको बताउनुभयो।
  • उहाँले आन्दोलनमा उत्रिएका जेनजीलाई राष्ट्रको सम्पत्ति कुनै नेताको निजी सम्पत्ति नभई सबैको भएको भन्दै संरक्षण गर्न आग्रह गर्नुभयो।

२४ भदौ, काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्रको सम्पदा जोगाउन जेनजी पुस्तालाई आग्रह गरेका छन्।

सोमबार प्रहरीको गोली लागेर मारिएकाहरूको सम्झनामा दीप प्रज्ज्वलन गर्न जेनजीद्वारा आयोजित कार्यक्रममा सहभागी हुँदै हमालले यस्तो बताएका हुन्।

सोमबारको घटना नेपाली इतिहासको सबैभन्दा कालो दिन भएको उनले बताए।

‘नेपालमा जेनजीले जुन कदम उठाएको छ त्यसको समर्थन हामी सबैले गरेका छौं । साथसाथै आन्दोलनमा उत्रिएका जेनजीलाई म विनम्र अनुरोध गर्दछु राष्ट्रको सम्पदा, राष्ट्रको सम्पत्ति कुनै नेताको निजी सम्पत्ति होइन। ती हाम्रा हुन्। तिनको नाश नगरौं संरक्षण गरौं,’ उनले भने।

हमालले भोलि देशको नेतृत् वगर्ने अवसर आउँदा नयाँ पुस्तालाई तिनै संरचना र सम्पदा आवश्यक पर्ने भन्दै संयमता अपनाउन अपिल गरे।

उनले एक, दुई वा पाँच, ६ वर्षदेखिको आक्रोश नभई वर्षौंदेखि उम्लिएको असन्तोष अहिले विस्फोट भएको भन्दै उनले अब नेपालीले नै मिलेर नेपाल जोगाउनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?