+
+
Shares

शीतल निवासमा पुत्ताइरहेछ धुँवा (ड्रोन भिडियो/फोटो)

एरिएल फुटेजमा शीतल निवास जलेर ध्वस्त भएको देखिन्छ । अन्यत्र जस्तै शीतल निवासको आगो निभाउन पनि दमकल पुगेको छैन ।

कमल प्रसाईं कमल प्रसाईं
२०८२ भदौ २४ गते २२:४१

२४ भदौ, काठमाडौं । जेनजी पुस्ताका आक्रोशित युवाहरूले मंगलबार अपरान्ह राष्ट्रपति कार्यालय रहेको शीतल निवासमा आगजनी गरे ।

शासकीय अव्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरूले शीतल निवासमा झोसेको आगो अबेर रातिसम्म निभेको छैन ।

एरिएल फुटेजमा शीतल निवास जलेर ध्वस्त भएको देखिन्छ ।

अन्यत्र जस्तै शीतल निवासको आगो निभाउन पनि दमकल पुगेको छैन ।

सोमबारबाट सुरु भएको जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले दमन गरेपछि मंगलबार झन् स्थिति नियन्त्रणबाहिर गएको हो ।

आक्रोशित युवाहरूले मंगलबार थुप्रै सरकारी तथा निजी भवनमा आगजनी गरेका छन् ।

उनीहरूले शीतल निवाससँगै सिंहदरबार, सर्वोच्च अदालत, सरकारी वकिलको कार्यालय, बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा समेत आगजनी गरे । ती भवनहरूमा लागेको आगो समेत मंगलबार अबेरसम्म निभेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?