
News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुर क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा २६० जना कैदीबन्दी भागेका छन्।
- कारागारकाे 'क' ब्लकमा रहेका कैदीबन्दीहरूले तीन वटा गेट फुटाएर पश्चिम पर्खाल भत्काएर भागेका थिए।
- झडपमा दुई जना कैदीबन्दी घाइते भएका छन् र सेनाले २०० हवाई फायर गरेको छ।
२५ भदाै, हेटाैंडा । मकवानपुरकाे क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा २६० जना कैदीबन्दी भागेका छन् ।
राति १२:५५ बजे कारागारकाे ‘क’ ब्लकमा रहेका केदीबन्दीहरूले तीन वटा गेट फुटाएर बाहिर निस्किन खाेजेका थिए । उक्त ब्लकका २६० जना कैदीबन्दीले कारागारकाे पश्चिम तर्फकाे पर्खाल भत्काएर भागेकाे कारागार प्रमुख सुवास पाैडेलले जानकारी दिए । ब्लकमा ५ सय भन्दा बढी कैदीबन्दी रहेकाेमा करिब २३० जनालाई नियन्त्रणमा लिएर फर्काइएकाे उनले बताए ।
सुरक्षाकर्मी र कैदीबन्दीबीच लगातार ४ घण्टासम्म झडप भएकाे कारागार प्रमुख पाैडेलले अनलाइनखबरलाई जानकारी दिए ।
झडपमा सेनाले चलाएकाे गाेली लागेर दुई जना कैदीबन्दी घाइते भएका छन् । उनीहरूकाे हेटाैंडा अस्पतालमा उपचार भइरहेकाे छ । कारागारकाे गाडी लिएर भाग्ने क्रममा टायरमा गाेली चलाउँदा कैदीबन्दीलाई लाग्न पुगेकाे पाैडेलले जनाए ।
कैदीबन्दीहरूले कारागारमा ताेडफाेड र आगजनी गरेका छन् । सेनाले स्थिति नियन्त्रणमा लिन २०० हवाई फायर गरेकाे थियाे ।
सशस्त्र प्रहरीले पनि २ राउण्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेकाे थियाे । कारागारकाे अर्काे ‘ख’ ब्लक भने सुरक्षित रहेकाे कारागार प्रमुख पाैडेलले जानकारी दिए ।
प्रतिक्रिया 4