+
+
Shares

आगजनीमा परेसँगै अनलाइन पोर्टल इकान्तिपुर बन्द

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते ६:५२

२५ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूको आगजनीका कारण कान्तिपुर दैनिकको अनलाइन पोर्टल इकान्तिपुर बन्द भएको छ ।

प्रदर्शनकारीहरुले थापाथलीस्थित कान्तिपुर दैनिक रहेको भवनको पहिलो, आठौ र नवौं तलामा क्षति पुर्‍याएका छन् ।

आगजनीका कारण सातौं तलामा रहेको सर्वरमा क्षति पुगेकाले इकान्तिपुरको पोर्टल डाउन भएको त्यहाँ कार्यरत एक पत्रकारले बताए ।

उक्त भवनको माथिल्लो तलामा रहेको क्यान्टिन लगायत आगजनीले ध्वस्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?