
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल स्टक एक्स्चेन्जले विषम परिस्थितिका कारण बुधबार र बिहीबार सेयर बजार बन्द रहने सार्वजनिक सूचना जारी गरेको छ।
- धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ अनुसार बजार निश्चित समयका लागि स्थगन गरिएको नेप्सेले जनाएको छ।
- परिस्थिति सामान्य भएमा सेयर बजार आइतबारदेखि मात्र कारोबार सुरु हुने नेप्सेले बताएको छ।
२५ भदौ, काठमाडौं । यो साताका बाँकी दुई दिन सेयर बजार बन्द रहने भएको छ ।
नेपाल स्टक एक्स्चेन्जले एक सार्वजनिक सूचना जारी गर्दै बुधबार र बिहीबार सेयर बजार बन्द रहने जनाएको छ ।
विषम परिस्थितिका कारण धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ अनुसार बुधबार र बिहीबार बजार बन्द गराइएको नेप्सेले जनाएको छ ।
‘प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सक्नेछ’ सो नियमावलीमा उल्लेख छ ।
परिस्थिति सामान्य भएमा अब आइतबारदेखि मात्रै कारोबार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4