+
+
Shares

गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा थप एक महिलाको शव भेटियो

विन्दुकुमार थापाका भाइ ध्रुवको नयाँबजारस्थित घरमा रहेको गाडीको शोरूममा पनि बिहान एक महिलाको शव फेला परेको थियो । शरीर पूरै जलेको अवस्थामा बिहान शव फेला परेको प्रहरीको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २५ गते १४:०२

२५ भदौ, पोखरा। आन्दोलनकारीले मंगलबार जलाइदिएको पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव भेटिएको छ । भवनमा बिहान जलेको अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।

विन्दुकुमार थापाका भाइ ध्रुवको नयाँबजारस्थित घरमा रहेको गाडीको शोरूममा पनि बिहान एक महिलाको शव फेला परेको थियो । शरीर पूरै जलेको अवस्थामा बिहान शव फेला परेको प्रहरीको भनाइ छ ।

आन्दोलनकारीले मन्त्री थापाको घर, व्यावसायिक प्रतिष्ठान अशुंभरा र बगैंचा रिसोर्टमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए । उनकै भाइ ध्रुवको घर र गाडीको शोरूममै आगो लगाइदिएका थिए ।

मंगलबार आन्दोलनकारीले पोखराका प्रमुख कार्यालय सबै जलाइदिएका छन् भने मन्त्री थापा, मेयर धनराज आचार्य, नेता राजीव पहारीको घर र बगैंचासँगै भरत पहारीको होटल सरोबर र जितु गुरूङको बरपीपल रिसोर्ट समेत तोडफोड र आगजनी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?