
स्थानीयले समातेर प्रहरीले बुझाएका कैदीबन्दी।
२५ भदौ, पोखरा । कास्की जिल्ला कारागारबाट भागेका एक जना कैदीबन्दीलाई पोखरामा स्थानीयले समातेर प्रहरीलाई बुझाएका छन् ।
बागलुङ बसपार्कनजिकैबाट स्थानीयलाई एक कैदीबन्दीलाई समातेर प्रहरीलाई बुझाएका हुन् ।
स्थानीयले ती कैदीबन्दीलाई कुटपिटसमेत गरेका छन् । हात बाँधेर स्थानीयले कैदीबन्दीलाई नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुसार उनी घाइते अवस्थामा थिए । अहिले उनको उपचार भइरहेको छ ।
यस्तै पोखरामै एक जना बालकलाई गोली लागेको छ । बुधबार पोखराको वडा नम्बर ४ मा करिब १४ वर्षीय एक बालकलाई गोली लागेको प्रहरीले जनाएको छ ।
उनलाई असाबधानीका कारण गोली लागेको प्रहरी स्रोतले बतायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4