+
+
Shares

महासंघले भन्यो : पत्रकारहरूले असुरक्षित महसुस गरेका छन्

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २६ गते १५:२८

२६ भदौ, काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारहरुले असुरक्षित महसुस गरिरहेको जनाएको छ । महासंघले प्रदर्शनका क्रममा मिडिया हाउस जलाइएको र पत्रकार माथि आक्रमण गरिएको भन्दै आपत्ति जनाएको छ ।

‘अहिले देशैभरी पत्रकारहरुले असुरक्षित महसुस गरिरहेका छन् । ४ जना पत्रकारहरु गोली लागि घाइते भएका छन् । धेरै मिडिया हाउस जलाइएका र आक्रमण गरिएको छन् ।

जनतालाई सुसूचित गर्न र शान्ति र लोकतन्त्रका लागि सधै क्रियाशील हुने पत्रकारहरू र मिडियालाई अहिले पनि आन्दोलनको निसाना बनाइएको छ,’ महासंघ अध्यक्ष निर्मला शर्माले बिहीबार निकालिएको विज्ञप्तिमा भनिएको छ । राज्यले मिडिया हाउस र पत्रकारलाई उचित क्षतिपूर्ति दिनुपर्ने महासंघले जनाएको छ ।

जेनजी पुस्ताका मागहरू माथि गम्भीर विमर्श गर्दै त्यसलाई सम्बोधन गर्नु जरुरी रहेको महासंघको ठहर छ । संक्रमणकालीन अवस्थाको अन्त्यका लागी शान्तिपूर्ण समाधानका लागि राष्ट्रपतिले सवैधानिक र राजनीतिक रुपमा निकास निकाल्न पहल गर्न महासंघले सुझाव दिएको छ ।

वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरू मार्फत नै समाधान खोज्दै मुलुकलाई सहज निकास दिनुपर्ने महासंघको ठहर छ ।

‘यसका लागि राष्ट्रपतिले वार्ताका लागि बोलाई सकेको अवस्थामा जतिसक्दो छिटो सहजीकरण सुरक्षाको हिसाबले मात्र सुरक्षा निकायले गर्ने हो अन्य सरकार बनाउने लगायतको पहल राष्ट्रपतिबाटै हुनुपर्छ,’ महासंघले भनेको छ ।

राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्ने उल्लेख गर्दै महासंघले जंगीअड्डाबाट निकास खोज्न नहुने जनाएको छ ।

जेनजी पुस्ताले उठाएको संरचनात्मक सुधारका मागलाई समेट्दै लोकतान्त्रिक गणतन्त्रको संरक्षण गदै थप उपलब्धि हासिल गर्न जरुरी रहेको महासंघले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?