
२७ भदौ, काठमाडौं । गायक राजेश पायल राईले सञ्चार, परराष्ट्र वा पर्यटनमन्त्रीमा नियुक्त हुन इच्छा व्यक्त गरेका छन् ।
अन्तरिम सरकार गठनको चर्चा भइरहँदा गायक राईले सञ्चार र पर्यटनमन्त्रीमा इच्छा देखाएका हुन् ।
बुधबार अबेर राति फेसबुकमा पोस्ट गर्दै राईले भनेका छन्, ‘जेन–जेड भाईहरू मलाई सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस् प्रधानमन्त्री मागेको छैन ।’ राईले विदेश मन्त्रालय उल्लेख गरेपनि नेपालमा वाह्य कूटनीतिक मामिलाका लागि परराष्ट्र मन्त्रालय भन्ने प्रचलन छ ।
आफूले सबभन्दा धेरै पटक विदेश भ्रमण गरेको बताउँदै राईले सञ्चार र पर्यटन मन्त्रालय सम्हाल्न सक्ने बताएका छन् ।
साथै उनले पर्यटन र संगीतको विकाशमा आफूले काम गर्न सक्ने दाबी गरेका छन् । आँट गरे असम्भव केही नहुने पनि उनको तर्क छ ।
हेर्नुहोस् गायक राईले लेखेको स्टाटस :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4